
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको सिंगापुरको माउण्ट एलिजाबेथ अस्पतालमा वाटर थेरापीबाट उपचार भैरहेको छ । सिंगापुरमा उपचार गराइरहेकी सीता झट्ट हेर्दा स्वीमिङ पुलमा पौडी खेलेको जस्तो देखिएपनि डाक्टरहरुले वाटर थेरापीबाट उपचार गराई रहेका हुन् ।
एक्ला छोरा प्रकाश दाहालको आकस्मिक निधनपछि डिप्रेशनमा रहेकी सीतालाई यतिबेला अनेक रोगले च्यापिरहेको छ । बुवा प्रचण्डसँगै आमाको उपचारका लागि सिंगापुर गएकी गंगा भने आइतबार नेपाल फर्किसकेकी छन् । रोगको परीक्षणपछि डाक्टरले वाटर थेरापी र प्रत्यक्ष निर्देशनमा औषधी सेवन गर्ने सल्लाह दिएको गंगाले बताइन् ।
सीताको उपचारका लागि एक हप्ता पहिले सिंगापुर गएका प्रचण्ड अर्को हप्ता मात्र स्वदेश फर्कनेछन् । डाक्टरले अझै एक हप्ता थप अनुगमनमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिएपछि प्रचण्डको बसाई लम्बिएको हो ।








