
एजेन्सी । रसिया विश्वकपको दोस्रो खेलको पहिलो हाफसम्म डेनमार्क र अष्ट्रेलिया १-१ को बराबरीमा रहेका छन् । रसियाको सामारा एरिना रंगशालामा जारी खेलमा डेनमार्कका लागि क्रिस्टिएन इरिक्सेनले ७ मिनेटमै गोल गरेर समूहलाई अग्रता दिएका थिए । खेलको ३८ मिनेटमा अष्ट्रेलियाका लागि आएको पेनाल्टी अवसरलाई माइल जेडीनाकले गोलमा रुपान्तरण गरे ।
डेनमार्कका खेलाडीको ह्याण्ड भएको भिडियो प्रविधिबाट निश्चित गरेपछि रेफ्रीले अष्ट्रेलियालाई पेनाल्टी अवसर दिएका थिए । अष्ट्रेलियाले यो विश्वकपमा दोस्रोपटक पेनाल्टी गोल गरेको छ । यसअघि उसले फ्रान्सविरुद्ध पेनाल्टी गोल गरेको थियो । अष्ट्रेलियाका कप्तान जेडिनाकले यो विश्वकपमा आफ्नो दोस्रो र अन्तर्राष्ट्रिय खेलमा ३०औं गोल गरेका छन् ।
डेनमार्कका पल्सनले लगातार २ खेलमा दोस्रोपटक पहेंलो कार्ड पाएका छन्, अब उनले अर्को खेल खेल्न पाउनेछैनन् ।






