नेप्सेमा करिब ९ अंकको गीरावट, काराेबार २० कराेडमा सिमित

 

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से ८.९७ अंकले घटेर १२२६.१८ अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७१ अंकले घटेको छ ।

आज बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । मंगलबार बजारमा १५७ कम्पनीका ५ लाख ८७ हजार ५५८ कित्ता सेयर ३ हजार १४ पटक खरिदबिक्री हुँदा २० करोड ८४ लाख रुपैंया बरबबरको कारोबार भएको छ ।

 

सम्बन्धित शिर्षकहरु