‘प्रदेश २ लाई बाँकी प्रदेशबाट अलग्याएर चलखेल गर्ने काम समाप्त’

पोखरा । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं २ मा भईरहेको चलखेलको ढोका बन्द भएको बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ ४ नम्बर प्रदेश समितिद्धारा पोखरामा आयेजित पत्रकार सम्मेलनमा उनले भने,  ‘चलखेल गरेर मधेष छुट्छकी भन्ने डर समाप्त भएको छ । दुई नम्बर प्रदेशलाई बाँकी प्रदेश भन्दा अलग गरेर चलखेल गर्दै केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएको थियो । अहिले त्यसको ढोका बन्द भएको छ ।’  संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याएर त्यस किसिमको चलखेल समाप्त पार्न आफूहरु सफल भएकोतर्फ उनले इंगित गरेका थिए ।

उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश नम्बर दुईमा सरकार बन्ने बाटो खुलेको समेत बताए । प्रचण्डले अर्को एक प्रसंगमा अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे पनि छलफल भइरहेको बताएका थिए ।

उनले आर्थिक वर्ष २०७५/७६ को बजेट पहिले वर्ष पहिलो गियरमा चलेको र अर्काे वर्ष दुई, तीन, चार हुँदै बजेट बनाइने बताए । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र कम्युनिस्टहरुकै तागतमा स्थापना भएको भन्दै उनले वर्तमान सरकार तानाशाही बन्न नसक्ने पनि स्पष्ट पारे ।

हेर्नुहोस् भिडियो,  गन्थन डटकमबाट साभार गरीएको

 

सम्बन्धित शिर्षकहरु