ग्याँस सिलिन्डर बिस्फोट हुँदा दुईको मृत्‍यु

रौतहट,मंसिर ४ । रौतहटको कनकपुर गाविसमा लागेको मेलामा ग्याँस सिलिन्डर बिस्फोट हुदा दुइ जनाको घटनास्थलमै ज्यान गएको छ।

गाबिसको वडा-६ स्थित राम मन्दिरमा लागेको बालाचतुदर्शी मेलामा राति करिव ९ बजे ग्याँस सिलिन्डर बिस्फोट भई बुधवार साँझ उक्त घटना घटेको हो ।

घटनामा भारत सितामढी घर भएका अमित कुमार रौनियार र रौतहटको चन्द्रपुर नगरपालिका १ घर भएका कनैया रौनियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भिम ढकालले जानकारी दिनु भएको छ ।

सिलिन्डर बिस्फोटनमा एक जना घाइते भएको र घाइतेका नाम नखुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु