‘अब छुवाछुत गर्नेलाई उन्मुक्ति दिइदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत गर्नेलाई उन्मुक्ति नदिइने बताएका छन् । जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा दिवशका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

नेपालको संविधानको प्रस्तावनामा नै सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामुलक समाज निर्माण गर्ने संकल्प गरेकोले त्यसको पालनामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा जातीय भेदभाव, उत्पिडन तथा छवाछुत एवं सामाजिक कुरीतिलाई नामेट गर्ने प्रतिवद्धता व्यक्त गरिएको प्रधानमन्त्री ओलीले स्मरण गराएका छन् ।

समाजका सम्पूर्ण सदस्यहरुको हातेमालोबाट नै छुवाछुत प्रथा जस्तै अन्य विकृत प्रथाहरु अन्त्य हुने प्रधानमन्त्री ओलीको विश्वास छ । यस अभियानमा सहयोग गर्न प्रधानमन्त्ती ओलीलाई सबैलाई आह्वान गरेका छन् ।

सम्बन्धित शिर्षकहरु