भारतीय दूतावास अगाडि नेवि संघको प्रदर्शन

काठमाडौँ । भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोधमा नेपाल विद्यार्थी संघले भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा मंगलबार  दूतावास नजिकै प्रदर्शन तथा कोणसभा आयोजना गरीएको हो  ।

प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष  महरले अरुण तेस्रो  भारतलाई दिनु राष्ट्रघात भएको बताए  । वाम सरकारले राष्ट्रवादको नाममा विदेशी हस्तक्षेपलाई निम्त्याएको उनले आरोप लागाए ।

महरले भने,-‘भारतीय सांसद आजादले जनकपुरलाई भारत फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिबारे माफि माग्नु पर्ने र उनलाई कारवाही गर्नु पर्ने नेवि स‌ंघले जोडदार माग गर्दछ ।’

सम्बन्धित शिर्षकहरु