काठमाडौं ओर्लिए मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । भारतीय प्रधानमन्त्री मोदी नेपालको दुई दिने भ्रमणको क्रममा शुक्रबार काठमाडौं आइपुगेका हुन् । यसअघि मोदीले जनकपुरमा अवस्थित जानकी मन्दिरमा पुजाआजा गरेका थिए । त्यसपछि उनलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो ।

जनकपुरबाट काठमाडौं ओर्लिएका मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे ।

सम्बन्धित शिर्षकहरु