
चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।
भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा नेकपा माओवादी केन्द्र चितवनका सदस्य स्वर्गीय महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रूप दिने दाबी गरे ।
उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा असहमति नभएको र एक दुई विषयमा गहन छलफल गरेर पार्टी एकतामा जाने बताए । कतिपय मिडियाबाट आएका कतिपय समाचारहरु भ्रामक रहेको बताउँदै हल्लाको पछि नलागन्न पनि उनले सुझाएका छन् । उनले पार्टी एकतामा कुनै अवरोध नरहेको पनि स्पष्ट पारेका छन् । नेपाली जनताले वाम सरकारबाट गरेको अपेक्षा अनुरूप आफूहरु अगाडि बढ्ने उनले बताए ।








