कांग्रेस संसदीय दलकाे नेताका लागि उम्मेदवारी दर्ता, देउवाविरुद्ध प्रकाशमान चुनावी मैदानमा

काठमाडौ । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको मनोनयन परेको छ । आइतबार साँझ सभापति देउवा र नेता सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिएका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८:३० बजे हुनेछ भने फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने कार्यक्रम रहेको छ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

जम्मा २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । काँग्रेसका कुल ६३ सांसदमा ३७ भन्दा बढी सभापति देउवा पक्षका सांसद रहेकाले देउवा नै संसदीय दलको नेतामा विजयी हुने सम्भावना देखिएको छ ।

सम्बन्धित शिर्षकहरु