ओली प्रधानमन्त्री बनेसँगै चीनबाट पेट्रोलियम ल्याउने बहस सुरु, चीन पनि सकारात्मक

काठमाडौं । वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बनेपछि छिमेकी देश चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बारेको बहस शुरु भएको छ । विकल्पकोरुपमा छिमेकी देश चीनबाट पेट्रोलियम पदार्थ ल्याउने विषयमा केहि दिन अगाडि छलफल शुरु भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

ओली पहिलोपटक प्रधानमन्त्री बनेको समयमा भारतले ठूलो नाकाबन्दी लगाएपछि त्यतिबेलादेखि नै नेपालले विकल्पको रुपमा चीनबाट तेल ल्याउने प्रकृया अघि बढाएको थियो। त्यस्तै ओली पहिलोपटक प्रधानमन्त्री भएकै बेलामा चीनबाट दीर्घकालिन रुपमा पेट्रोलियम पदार्थ ल्याउन नेपाल आयल निगम र चाइना आयलबीच सम्झौता भएको थियो। तत्कालिन सम्झौताको अबधिमा चीनले नेपाललाई अनुदानमासमेत पेट्रोलियम पदार्थ पनि उपलब्ध गराएको थियो ।

मन्त्रालयका अनुसार केहि समयभित्रै चीनबाट नेपालमा तेल ल्याउने प्रक्रिया अगाडि बढ्नेछ । चीन पनि नेपाललाई तेल बेच्न सकारताम्क रहेको र निरन्तर फलोअप गरिरहेको मन्त्रालयले जनाएको छ ।

नेपाललाई अप्ठेरो पार्दै भारतले पटक-पटक गरेर विभिन्न समयमा पेट्रोलियम पदार्थमा नाकाबन्दी लगाउने गरेको कारण चीनबाट तेल ल्याउने प्रक्रिया तत्काल अघि बढाउनुपर्ने जानकारहरु बताउँछन् ।

सम्बन्धित शिर्षकहरु