चार मन्त्रीले लिए सपथ,ईश्वर रक्षा, बादल गृह, खतिवडा अर्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेका छन् । ओलीले आफ्नो मन्त्रिपरिषदमा चारजना मन्त्री थपेर राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गराइएको छ ।

एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका छन् भने युवराज खतिवडा अर्थमन्त्री बनेका छन्। माओवादीले रामबहादुर थापालाई गृहमन्त्री बनाएको छ भने अर्का नेता मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्।

नवनियुक्त चारै जना मन्त्रीलाई प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्। मन्त्रिपरिषदलाई सोमबारै पूर्णता दिइने भनिए पनि संघीय समाजवादी फोरम समेत सरकारमा सहभागि हुने भएपछि सोमबार चार जना मात्रै मन्त्री नियुक्त भएका हुन् ।

स्रोतका अनुसार एमाले महासचिव पोखरेललाई प्रादेशिक विकास समन्वय मन्त्रालय बनाएर त्यसको जिम्मेवारी दिइने भए पनि सपथग्रहण गराउँदा रक्षा मन्त्रीमा सपथ गराईएको हो । सरकारले प्रदेशको विकासलाई समन्वय गर्न प्रादेशिक विकास समन्वय मन्त्रालय बनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीले पदको सपथ ग्रहण गरेकै दिन एमाले नेता लालबाबू पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरेका थिए । ओली नेतृत्वको क्याविनेटमा ७ सदस्यीय भएको छ ।

सम्बन्धित शिर्षकहरु