
सुर्खेत । प्रदेश नंं ६ को चाैथो बैठकले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित गरेको छ । शनिबार बसेको संसद बैठकले प्रदेशको नामाकरण र स्थायी राजधानी तोकेको हो ।
नेकपा एमालेका संसदिय दलका नेता तथा संसद यामलाल कंडेलले राखेको संसदमा प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्तावलाई सभामुख राजबहादुर शाहीले पारित भएको घोषणा गरेका थिए ।
नामाकरण सम्बन्धिको प्रस्ताव मत विभाजनमार्फत पारित गरिएको हो । प्रदेश नम्बर ६ अब कर्णाली प्रदेशमा नामाकरण हुनुका साथै राजधानी सुर्खेत हुने भएको छ ।








