
रौतहट । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताएका छन् । प्रेस चौतारी नेपालले रौतहटको गौरमा अाज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यसो बताएका हुन् ।
एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेको र अब छिटै एकीकरण हुनेमा पनि विश्वास दिलाए । एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएको सम्भवतः आजै यस कुराको निर्णय हुने पनि उनले बताएका छन् ।








