नागा बाबाविरुद्ध सर्वाेच्चमा रिट

 

काठमाडौँ । प्रत्येक वर्ष शिवरात्रिको समयमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलताको विरूद्द सर्वोच्च अदालतमा रिट दायर भएको छ । नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै अधिवक्ता यज्ञमूर्ति न्यौपानेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

न्यौपानेले आज मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

निवेदनमा नेपालको रुढीवादी परम्परालाई मान्यता दिँदै सन्तान नभएका महिलाहरुलाई शिव लिङ्गमा ढोग्दा सन्तान हुने जस्ता कुरीतिलाई कानूनीरुपमा बन्देज लगाउनुपर्ने, भाङ, धतुरो खाएर महिला र बालबालिकामाथि हुने यस्तो खालको विकृति रोक्न आदेशको माग गरिएको छ ।

निवेदनमा भनिएको छ, “शिवरात्रिमा सीमापारबाट पैसा खर्च गरेर नेपालमा नागा बाबा ल्याएर अश्लिलता प्रदर्शन गर्दा महिला तथा बालबालिकामा गम्भीर मानसिक असर पर्छ, यो नेपालको संविधानविपरीत कार्य भएको हुँदा रोक्नु जरुरी छ ।”

सम्बन्धित शिर्षकहरु