मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीशहर चामे ४ दिनका लागी बन्द

 

मनाङ । मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीशहर चामे सडक आजबाट चार दिनका लागि बन्द हुने भएको छ । मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा मोटरेवल पुल निर्माण गर्ने काम चलिरहेका कारण सवारी आवत जावतमा रोक लगाइएको हो । कुनै विकल्प बिनाको साँघुरो सडक भएकोले सवारी आवत जावतमा रोक लगाउन परेको हो । २०७२ मा अाएको बाढीले पुल बगाएपछि हालसम्म काठको अस्थायी पुलमा सवारी साधन ओहोर दोहर गरिरहेका थिए ।

डिभिजनसँग रु २ करोड पाँच लाख १७ हजार ८६९ मा सम्झौता गरी यही पुसबाट काम शुरु भएको हो । आगामी २०७५ साल जेठ सम्ममा यस म्यादी खोलाको पुल निर्माण सक्ने सम्झौता भए पनि २०७४ साल चैत मसान्तसम्म सब काम सक्ने लक्ष्य रहेको तथा चार दिनपछि पुन सवारी आवत जावत सञ्चालन हुने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु