नेपालकै पहिलो अनलाइन विश्वविद्यालयमा चैत महिनाबाट पढार्इ सुरू हुने

काठमाडाैं । अबको करीब डेड महिनापछि नेपालमा खुल्ला विश्व बिद्यालयमा पढाई सुरु हुने भएको छ । खुल्ला विश्व बिद्यालय मार्फत घरमै बसेर पढ्न र परिक्षा समेत दिन पाइने छ । हालसम्म नेपालमा ९ वटा विश्वविद्यालयमा पढाई भर्इ रहेकोमा ललीतपुरको मानभवनमा खुल्ला विश्वविद्यालय पनि थपिन लागेको हो ।

मुलुकको दशौँ विश्वविद्यालयका रुपमा सुरु हुन लागेको खुल्ला विश्वविद्यालयले अब आउने चैत महिनाबाट पढाई सुरु गर्ने बताएको छ । खुल्ला विश्वविद्यालयमा स्थापना भइसकेको छ र अब पठनपाठन सुरु हुन मात्र बाँकी रहेको छ । विद्यार्थीले घरमै बसेर ई–बैङ्किगमार्फत भर्ना हुन पाउने छन् ।

कम खर्चमा नेपालका गरिब र विपन्न वर्गका विद्यार्थी र विदेशमा रहेका नेपालीले पढ्न पाउन् भन्ने उदेश्यले नेपालमा पहिलो पल्ट खुल्न लागेको खुल्ला विश्व बिद्यालय प्रभावकारी बन्न सक्ने अनुमान विसेशज्ञहरूले गरेका छन् ।

सम्बन्धित शिर्षकहरु