धरानमा बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरू

सुनसरी । अाजबाट सुनसरीको धरानमा २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरू हुन गइरहेको छ ।  प्रतियोगिताको पहिलो खेलमा आज संकटा र मनाङ मस्र्याङ्दी अाम्नेसाम्ने भिड्ने तयारीमा रहेका छन् ।

यस प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित थप दुई पाहुना टोलीको सहभागीता रहेको छ । प्रतियोगीतामा विजेताको लागी ६ लाख र उपविजेताको ३ लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरीएको छ । यसैगरी सात विधाका उत्कृष्टका लागी जनही २५ हजार र सर्वोत्कृष्ट खेलाडीका लागी यामाहा मोटरसाइकलको पनि व्यवस्था गरीएको छ ।

सम्बन्धित शिर्षकहरु