काठमाडौं । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको अफर ल्याएको छ । आफ्नो ग्राहकका लागि बोनस सहितको विशेष प्याकेज ल्याएको हो । यो अफर भोलि पुस ७ गतदेखि सुरु भएर माघ २१ गते सम्म कायम रहनेछ ।
टेलिकमले विन्टर अल टाइम डाटा प्याक अन्तरगत १२ रुपैयाँमा ३ दिनको लागि २५ एमबी र २५ एमबी वोनस डाटा प्याक उपहार दिने जनाएको छ, यस्तै ६० रुपैयाँमा १ सय ५० एमबी र बोनस स्वरुप १ सय ५० एमबी नै डाटा दिने भएको छ । यस्तै टेलिकममले १ सय २० रुपैयाँमा ५ सय एमबी र बोनस ५ सय एमबी गरी १ हजार एमबी डाटा दिने भएको छ । यस्तै सस्तो मुल्यमा रात्रीकालीन डाटा प्याकेज अन्तरगत १२ रुपैयाँमा १ सय २० एमबी, ६० रुपैयाँमा ७ सय एमबी र १ सय २० रुपैयाँमा १६ सय एमबी डाटा पाइने टेलिकमले जनाएको छ ।
यस्तै फेसबुक र ट्वीटर मात्रै प्रयोग गर्नको लागि पनि नेपाल टेलिकमले सस्तो अफर ल्याएको छ । एसएमएस सेवामा पनि १० रुपैयाँमा १ सय एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।
अल टाइम डाटा प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ ।
विन्टर अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।
त्यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्टि्रमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।
१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्टि्रमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि WIN25MB, WIN150MB वा WIN500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।
विन्टर नाइट डाटा प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए पि्रपेड/पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि विहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।
विन्टर नाइट डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्टि्रमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।
त्यसैगरी ६० रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्टि्रमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १२० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।
यो प्याक लिनका लागि WN120MB, WN700MB वा WN1600MBलेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।
विन्टर फेसबुक/इन्स्टाग्राम प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक प्रयोग गर्न सकिन्छ ।
विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।
त्यसैगरी ६० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा र ३ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा स्टि्रमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।
१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा र ५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि WF50MB, WF275MB वा WF600MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।
एसएमएस प्याक
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए पि्रपेड/पोष्टपेड मोबाइलमा एसएमएस प्याकेज प्रयोग गर्न सकिन्छ । यो प्याक अन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस र गरी ५० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ ।
यसरी १० रुपैयाँमा १०० वटा एसएमएस गर्न सकिने छ । एसएमएस प्याक लिनका लागि SMS100 लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।







