थ्रेसहोल्ड कटाउन कति मत पुगेन विवेकशील साझाको ?

काठमाडौं । रवीन्द्र मिश्रको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील पार्टीबीच भएको एकीकरण पछि बनेका विवेकशील साझा समानुपातिकबाट न्यूनतम ३ प्रतिशतको थ्रेसहोल्ड कटाउ ७८ हजार मतले चुकेको छ । यसपटकको चुनावबाट राष्ट्रिय पार्टी बन्य लक्ष्य सहित चुनावी मैदानमा होमिएको साझाले प्रत्यक्ष १ सिट कटाउन नसकेपछि समानुपातिकमा भने थ्रेसहोल्ड कटाउनेमा ढुक्क रहेको थियो । समानुपातिक मतगणना सक्किँदासम्म विवेकशील साझाले राष्ट्रिय पार्टीको मान्यता पाउनु त परको कुरा संसदमा प्रतिनिधित्व समेत गर्न पाएन ।

दुई चरणमा सकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना आइतवार विहान ११ बजेतिर सकिएको छ । निर्वाचनको अन्तिम परिणामअनुसार विवेकशील साझाले २ लाख १२ हजार ३सय ६३ मतमा सीमित रहन पुग्यो । यसपटकको निर्वाचनमा समानुपातिकर्फबाट सीट प्राप्त गर्न कूल खसेको मतको ३ प्रतिशत पाउनै पर्ने प्रावधान छ । न्यूनतम ३ प्रतिशत मत प्राप्त नगर्ने दलले समानुपातिकतर्पबाट एउटा पनि सीट प्राप्त गर्ने छैनन् ।

विवेकशील साझा ३ प्रतिशत मत प्राप्त गर्न चुकेको छ । विवेकशीलले कूल खसेको मतको २.२ प्रतिशत मत प्राप्त गरेको छ । अर्थात् ३ प्रतिशत पुर्याउन उसले ०.८ प्रतिशत मत प्राप्त गर्न सकेन । कूल खसेको मतमा सदर भएको मतको ०.८ प्रतिशत भनेको ७८ हजार मत हो । विवेकशील साझाले २ लाख ९० हजार ३ सय ४ मत प्राप्त गर्न सकेको भए उसले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सक्थ्यो ।

सम्बन्धित शिर्षकहरु