काठमाण्डौ । निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ। एटीएम कार्ड प्रदायक ‘भिजा’ ले दिएको समयभित्र एटीएम मेसिन स्तरोन्नती नगर्दा धेरै बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले ‘चिप’ (महत्वपूर्ण विवरण रहेको विद्युतीय औजार) मा आधारित कार्ड बनाइसकेका छन्। तर, कार्डमा प्रयोग गरिएका ‘चिप’ पढन सक्ने गरी एटीएम मेसिन स्तरोन्नती गरेका छैनन्। यसकारण एटीएम मेसिनहरु स्तरोन्नती नगर्ने बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो।
चिपमा भएको ग्राहकको विवरण नक्कल९कपी० गर्न सकिदैन। चिप नभएको ९म्याग्नेटिक कार्ड० मा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ। यसकारण चिप नभएको भन्दा भएको एटीएम कार्ड बढी सुरक्षित हुन्छ। बैंकहरुले चीप पढन सक्ने गरी एटीएम मेसिन स्तरोन्नती नगर्दा कार्डमा रहेको ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ। यही कमजोरीको फाइदा उठाउँदै अपराधीले एटीएमबाट पैसा चोरी रहेका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।








