सिड्नीमा नेपाली नारीहरुका लागी नि:शुल्क बस सेवा

असनेपाल न्युज, सिड्नी । एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समिति र नारी निकुञ्ज न्यूसाउथवेल्सको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा अवस्थित मिन्टो स्टेशनदेखि मन्दिरसम्म नेपाली नारीहरुका लागी नि:शुल्क बस सेवा उपलब्ध हुने भएको छ । भोलि अगस्ट २४ अर्थात नेपाली नारीहरूको महान चाड हरितालिका तीजलार्इ लक्षित गर्दै बिहान ७ बजेदेखि साँझ ६ बजसम्म यो सेवा प्रदान गर्न लागीएको हो । बस सेवासँगै पानी र अापत्कालिन फस्र्ट एड सुविधा पनि मन्दिरमा उपलब्ध हुने छ ।

सम्बन्धित शिर्षकहरु