दिल्लीमा परराष्ट्रमन्त्री महरा

असार १८,काठमाडाैँ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भारतीय विदेश मन्त्री सुष्मा स्वराजको निमन्त्रणमा आइतबार विहान नयाँ दिल्ली पुग्नुभएको छ । इन्दिरागान्धी विमानस्थलमा भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्याय तथा नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयका कर्मचारीहरुले महरालाई स्वागत गरेका थिए । महराको भ्रमण टोलीमा परराष्ट्रमन्त्रालयका सहसचिव तथा संयुक्त राष्ट्रसंघ डिभिजन प्रमुख एवं मन्त्रालयका प्रवक्ता भरतराज पौडेल, मन्त्रालयका सहसचिव तथा भारतसहित दक्षिण एशिया डिभिजन प्रमुख भृगु ढुंगाना, स्वकीय सचिव चौलागाई लगायत सहभागी भएका छन् ।

भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले बताउनुभए अनुसार परराष्ट्रमन्त्री महराले नयाँ दिल्लीस्थित विभिन्न मुलुकका राजदूत एवम् कूटनीतिक नियोगका अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा पनि छलफल हुनेछ ।

सम्बन्धित शिर्षकहरु