असार १८, बगदाद । इराकमा भइरहेको हिंसात्मक द्वन्दका क्रममा परि गत जुन महिनामा मात्र कम्तीमा पनि ४११ जनाको मृत्यु भएको छ । यस अवधिमा अरु २९४ जना घाइते पनि भएको इराक स्थीत संयुक्त राष्ट्रसंघिय मिशनका अधिकारीले जानकारी दिएका छन् ।
मिसनको कार्यालयद्वारा जारी वक्तव्य र मिसनले जारी गरेको तथ्याङ्कमा सुरक्षाकर्मी तर्फ मारिएकाहरुको विवरण भने समावेश गरिएको छैन ।
मारिएका सर्वसाधारणमध्ये अधिकांश इराकको उत्तरी प्रदेश निनेभेहका रहेका छन । जहाँ २८९ जना मारिएका थिए भने अरु ९३ जना घाइते भएका छन् ।
इराकी सुरक्षाकर्मीहरु र आइएस का लडाकुबीच पश्चिम मोसुलमा भएका भिडन्तहरुमा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
इराकका लागी राष्ट्रसंघिय प्रतिनिधि र मिसन प्रमुख जान कुबिसले मोसुलमा भइरहेको द्वन्द र आइएस लडाकुहरुको आक्रमणबाट आम नागरिकहरुलाई जोगाउन आव्ह्वान गरेका छन् ।
आतंककारीहरुको समुहले लगातार आम नागरीकहरुलाई नै लक्षित गर्नुका साथै उनिहरुलाई नै ढाल बनाएर अघि सार्ने गरेका अधिकारीहरुको भनाई छ ।
आतंककारीहरुले मोसुलमा नागरीकहरुलाई मानव ढाल बनाएका छन् त्यसैले त्यहाँको सुरक्षा र नागरिकको हित रक्षाका लागी थप चासो राख्नु पर्ने देखिन्छ राष्ट्रसंघिय प्रतिनिधिले भने ।
इराकका कतिपय उत्तर पश्चिमी क्षेत्र सन् २००४ जुन देखी नै आइएसको नियन्त्रणमा रहेको छ । लामो समयदेखी अस्थीरता र लगातार हिंसाको कारण यहाँका नागरिकमा अत्यन्तै निराशा देखिन्छ ।
जसका कारण पनि आइएसका गतिविधिमा तीब्रता देखिन्छ । ती भूभाग फिर्ता लिन इराकी सुरक्षा निकायहरुले निकै संघर्ष गरिरहेका छन् । तर सफलता प्राप्त हुन सकिरहेको छैन ।
रासस सिन्ह्वा








