असार ११,काठमाडौं । दोस्रो चरणको निर्वाचन हुन लागेका ३५ जिल्लाका शिक्षण संस्थाहरू आजदेखि बन्द भएका छन् । प्रदेश नम्बर १, ५ र ७ का सबै विद्यालय गरीएको हो ।
मन्त्रिपरिषद्ले असार ८ मा गरेको निर्णय अनुसार दोस्रो चरणमा निर्वाचन हुने ३५ जिल्लाका सवै शिक्षण संस्थाहरु असार ११ गतेदेखि असार १४ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा राखिएकाले चार दिनसम्म पठन पाठन बन्द गरिदिन निर्वाचन आयोगले गरेको आग्रह अनुसार सरकारले यो निर्णय गरेको हो । यसैगरी असार १४ गते बुधबार स्थानीय तहको निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का सबै सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा दिइने भएको छ ।








