असार ४, काठमाण्डौ । भारतको पश्चिम बंगालमा गोर्खाल्याडको माग राख्दै भएको आम हडतालले दार्जिलिङ्गमा भएको छुट्टै झडपमा अहिले सम्म बंगालको मुख्यमन्त्रीको ठाडो आदेशमा सुरक्षाकर्मीको गोली लागी ४ जना नेपाली भाषी आन्दोलनकारीको ज्यान गएको छ । यससंगै अहिले दार्जिलिङ्ग तनावग्रस्त र आतंकित भएको छ ।
साथै भारतले त्यस क्षेत्रमा प्रजातन्त्रको मूलमर्म आफ्नो शान्तीपुर्ण प्रदर्शन गर्न पाउने जनताको नैसर्गिक हकमाथी धावा त बोलेको छ साथै प्रजातन्त्रको पाठ नेपालमा सिकाउने भारतको दोहोरो चरित्र समेत उदाङ्गगिएको छ । खासगरी पटक पटक उठदै सेलाउंदै गरेको गोर्खाल्याडको आन्दोलन यो अबस्था सम्म आइपुगेको छ । गोर्खाल्याडको आन्दोलन शुरुभए संगै हाल सम्म आन्दोलनकै क्रममा १२०० भन्दा धेरै नेपालीभाषी दार्जिलिङ्गवासीले ज्यान गुमाइसकेका छन । दार्जिलिङ्गको ठुलो ट्याक्सको हिस्सा प्रदेश सरकारमा गैरहेकोले र हाम्रो भाषा र पहिचानमा गैरहेकोले र हाम्रो भाषा र पहिचानको लागी भारतको संबिधान भित्रनै छुट्टै प्रदेश मागेका हौं । हाम्रो सम्बन्ध कुनै पनि हिसावमा नेपालसँग नरहेको र गोर्खाल्याड आन्दोलनलाई मुख्य मन्त्री बेनर्जीले जानाजान कुतर्क गरेको आन्दोलनकारीको आरोप छ ।








