बाँदर विरुद्ध आन्दोलन !

धादिङ, असार १—जिन्दावाद र मुर्दावादका नारा अनेकन नारा घन्किने गरेको सदरमुकाम घादिङवेसीमा बुधबार भने अनौठो दृश्य देखियो । दृश्य देख्नेहरुहरुले सुरुमा त भउ नै पाएनन्, के को नारावाजी भईरहको छ भनेर । टन्टलापुर घाममा भईरहेको चर्को नारावाजी सुनेर सदरमुकामवासी अनौठो मान्दै हेरिरहे ।आन्दोलनकारी भने हात हातमा च्यातिएको मकैको बोट, खोया र घोगा लिएर उफ्रि उफ्रि नारावाजी गर्दै थिए । अखिर  नारावाजी  रहेछ बाँदर विरुद्धको आन्दोलन । बाँदरपिडित किसानहरुले बाँदरविरुद्धको आन्दोलन गरेका हुन् । आजको कारोबारमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु