अब राजपा पनि चुनावमा जाने भयो

जेठ ३० । चुनावमा नआउने अडान कसेर बसेको राष्टिय जनता पार्टी नेपाल यतिबेला चुनावमा जाने संकेत देखिएको छ ।

राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले राखेको मागहरु पूरा गरिएमा चुनावमा भाग लिन्छौ भन्ने प्रस्ताव सरकारलाई पठाएको स्रोतले जनाएको छ । यद्यपि उनीहरुले आधिकारिक घोषणा भने गरिसकेका छैनन् ।

राजपा नेपालकोले आफ्नो कार्यकलयमा आज बैठक बसेर प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यष पुष्प कमल दाहालाई यस्तो प्रस्ताव पठाएको हो ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले उहाँहरुलाई पठाउनु भएको प्रस्तावमा चुनाव अघि नै संविधान संशोधन प्रस्ताव पारित नभएपनि आफ्ना कार्यकर्तालाई लगाइएको मुद्धा फिता,उनीहरुलाई जेलबाट रिहाई गर्नुपर्ने, मृतकलाई सहिद घोषणा र घाइते तथा अपांगलाई उपचार खर्च दिनुपर्ने जस्ता शर्त पुरा गरिदिनु पर्ने उल्लेख गरिएको छ ।उक्त्त मागहरु पुरा भएमा चुनावमा जाने प्रस्तवमा उल्लेख गरिएको छ ।

प्रस्तावप्रति प्रधानमन्त्री देउवा तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल सकारात्मक रहेको स्रोतले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु