ऊर्जा क्षेत्रको विकासका लागि ३० अर्ब वैदेशिक सहायता र ऋण लिइने

काठमाडौँ,मन्त्रिपरिषद्को बैठकले ऊर्जा क्षेत्रका विकासका लागि रु ३० अर्ब बराबरको वैदेशिक सहायता र ऋण लिने प्रस्ताव स्वीकार गरेको छ ।

सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले रु २४ अर्ब विद्युत् प्रसारण लाइन विस्तारमा र बाँकी रु छ अर्ब विद्युत् उत्पादनलगायत कार्यमा खर्च गर्ने गरी वैदेशिक सहायता र ऋण लिने प्रस्ताव स्वीकार गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शान्ति तथा पुनःनिर्माण मन्त्रालय, राहत तथा पुनःनिर्माण एकाइको म्याद २०७२ असार मसान्तसम्म थप्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा आगामी आव २०७१\७२को बजेटको तयारीबारे पनि छलफल भएको सूचना तथा सञ्चारमन्त्री डा रिजालले बताउनुभयो ।

उहाँले अर्थमन्त्रीले बजेट निर्माणसम्बन्धी तयारीबारे बैठकमा जानकारी गराउनु भएको सम्बन्धमा विभिन्न मन्त्रालयको बजेटबारे मन्त्रीहरुले आफ्नो सुझाव दिएको बताउनु भयो ।
बैठकमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको देशीय कार्यालय स्थापना गर्न अनुमति दिने पनि निर्णय भएको छ ।

सम्बन्धित शिर्षकहरु