माघ २२। काठमाडौं, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत भ्रमणबारे छलफल गरेका छन् । राय फर्किएलगत्तै परराष्ट्र मन्त्रालयको भारत डेस्क हेर्ने सहसचिव प्रकाश सुवेदीलगायतसाग उपप्रधानमन्त्री थापाले भ्रमणको एजेन्डाबारे छलफल गरेका छन् ।
भारतले कूटनीतिक च्यानलमार्फत् ७ देखि ११ फागुनमा प्रधानमन्त्री ओलीको भारत भ्रमण प्रस्ताब गरेपनि मिति अझै तय हुन बााकी छ । भ्रमणकै तयारी सिलसिलामा अर्थमन्त्री विष्णु पौडेल आगामी आइतवार भारत जाादैछन् । पौडेलले भुकम्पपछिको पुनर्निर्माणका क्रममा भारतले दिने प्रतिवद्धता गरेको करिब २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋणसाग सम्बन्धित कार्यक्रमको प्रस्ताब गर्नुका अतिरिक्त प्रधानमन्त्रीको भारत भ्रमणबारे परामर्श गर्ने कार्यक्रम छ ।
प्रजातन्त्र दिवसको दिन भ्रमण सम्भव नहुने जबाफ प्रधानमन्त्रीले कूटनीतिक च्यानलमार्फत् भारतलाई दिइसकेका छन् । प्रजातन्त्र दिवस मनाउने उच्चस्तरीय सरकारी समितिको अध्यक्ष पनि प्रधानमन्त्री ओली स्वयम् छन् । ‘भारतीय राजदूत रणजीत रायले उपप्रधानमन्त्रीज्यूसाग भेटवार्ता गर्नुभएको छ, थप जानकारी छैन’ थापाका सञ्चार सल्लाहकार मोहन श्रेष्ठले नयाा पत्रिकासाग भने । प्रधानमन्त्रीको सम्भावित भ्रमणबारे उपप्रधानमन्त्री थापाले मन्त्रालयका अधिकारी र अन्य सम्वद्ध पक्षसाग निरन्तर छलफल गरिरहेको पनि श्रेष्ठले बताए ।
हुलाकी राजमार्ग निर्माणको प्रस्ताब तयार हुँदै
परराष्ट्र स्रोतका अनुसार भ्रमण्को मिति यकिन नभए पनि भारतसाग छलफल गर्ने एजेन्डाबारे छलफल भइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दूईबर्ष अघि आउादा घोषणा गरेको एक अर्ब सहुलियत ऋणका लागि परियोजना छनौटका लागि गृहकार्य भइरहेको पनि परराष्ट्र स्रोतको भनाई छ । ‘तराईको अहिलेको भावना समेट्नका लागि दुई लेनको हुलाकी राजमार्ग निर्माणमा खर्च गर्ने प्रस्ताबका बारेमा पनि छलफल भइरहेको छ, तर टुंगिन बााकी छ’ प्रधानमन्त्री निकटस्थ स्रोतले भन्यो ।
उत्तरी क्षेत्रमा गुम्बा बनाउने भारतीय इच्छा
नेपाल पुनर्निर्माण प्राधिकरणलाई दिइने सो रकम चीनसाग जोडिएको हिमाली जिल्लाका गुम्बा निर्माण तथा मर्मतमा खर्च गर्ने इच्छा भारतले देखाएको छ । पुनर्निर्माण प्राधिकरण स्रोतका अनुसार यसबाहेक मठमन्दिर, विद्यालय, स्वास्थ्यचौकीको पुनर्निर्माणमा सो रकम खर्च हुने गरी सम्झौता गर्ने भारतको प्रस्ताब आएको छ । ‘हाम्रो भूराजनीतिक संवेदनशीलतालाई मध्यनजर गरेर भारतसाग छलफल गर्छौा, उसले अहिले देखाएको इच्छाको विकल्प दिएर हामी कुराकानी गर्छौा’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘चीनलाई सीधै प्रभाव पार्ने गरी गुम्बा निर्माणमा हामी भारतलाई संलग्न गराउन सक्दैनौ ।’
प्रबुद्ध समूहसाग बेग्लै छलफल
उपप्रधानमन्त्री थापाले विहीवारै नेपाल भारत सम्बन्ध अध्ययन र पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्तिहरुको समूह ९इमिनेन्ट पर्सन्स ग्रुप, इपीजी०साग छलफल गरेका छन् । सरकारले एक साताअघि परराष्ट्रविद डा भेषबहादुर थापाको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय, पूर्वमन्त्री नीलाम्बर आचार्य र सांसद डा राजन भट्टराई सदस्य रहेको प्रबुद्ध समूह गठन गरेको थियो ।
‘परराष्ट्रमन्त्रीजीसाग छलफल भएको छ, के कसरी काम गर्ने भन्ने बिषयमा परामर्श गर्यौा’ डा थापाले नयाा पत्रिकासाग भने । समूहका सदस्य डा भट्टराईका अनुसार प्रबुद्ध समूह गठन गरेर राम्रो सन्देश गएको भन्दै नेपाल भारत सम्बन्धको समग्र पक्षबारे अध्ययन गर्नुपर्ने धारणा उपप्रधानमन्त्री थापाको थियो ।
भारतले प्रबुद्ध समूह गठन नगरेका कारण औपचारिकरुपमा काम शुरु भएको छैन । ‘हाम्रो तर्फबाट काम शुरु भयो भन्दा हुन्छ, तर भारतले केही दिनमा समूह गठन गर्ने जानकारी आएको छ, त्यसपछि कामले गति लिनेछ’ डा थापाले भने । उनका अनुसार परराष्ट्रमन्त्रालयले समूहको सचिवालयलगायतको आवश्यक प्रबन्ध गरेपछि काम शुरु हुनेछ । सरकारले सचिवालयका लागि एक लाख डलर बजेट विनियोजन गरिसकेको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालयलाई सचिवालय बनाउने गरी सरकारले यसअघि निर्णय गरेको थियो । तर, भुकम्पका कारण प्रतिष्ठानको भवन भत्किएपछि अब मन्त्रालयभित्रै सचिवालय राख्ने तयारी भएको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । नयाँ पत्रिका








