चिनियाँ पेट्रोल आउन अझै एक हप्ता लाग्ने

china_ethanolकात्तिक ११ । काठमाडौँ, चीनले अनुदानमा दिने भनेको पेट्रोल ढुवानीका लागि आवश्यक ट्यांकरको चाजोपाजो मिलाउन नसक्दा राजधानी आइपुग्न अझै  एक साता लाग्ने भएको छ , आजको कान्तिपुर दैनिकले लखेको छ ।

चीनले ट्याङकर, चालक र सहचाकलको बिवरण मागिरहेको छ भने ढुवानी व्यवसायीले उनीहरुको सुरक्षा र विमाको माग गरिरहेका छन् ।

अब सरकारले एका तर्फ चीनलाई ट्याङकर, चालक र सह चालकको विवरण पठाउनुपर्ने छ भने अर्को तर्फ स्वदेशी व्यवसायीलाई ढुवानीका लागि रिझाउनुपर्नेछ । लामो समय चीनसंग वार्ता नै नगरेको सरकारी टोली बेइजिङ पुगेपनि ढुवानीको भरपर्दो व्यवस्था नहुँदा यहाँका सवारी साधन तत्काल चिनियाँ पेट्रोलले गुड्न नपाउने भएका हुन ।

नेपाल आयल निगमले ढुवानी व्यवसायीसंग ट्यांकरको नम्बर, चालक र सह चालकको विवरण मागिरहेका रहेको छ । उक्त विवरण आएपछि त्यसलाई निगमले चीन पठाउने छ ।

सम्बन्धित शिर्षकहरु