असादाबाद तालिवान आतङ्ककारी समूह र अफगान सुरक्षाबलबीच भएको दोहोरो गोली हानाहान नौ व्यक्तिको मृत्यु भएको समाचार छ ।
अफगानिस्तानको कुनार प्रान्तको नराई जिल्लामा भएको यस दोहोरो गोली हानाहानमा आठ आतङ्ककारीसहित नौ जनाको मृत्यु भएको बताइएको छ ।
अफगानिस्तानको राजधानीदेखि १८५ किकलोमिटर पूर्वमा रहेको यस प्रान्तमा सो झडप भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल हबिब सयेदखिलीले बताए । ।
जराई जिल्लामा रहेको एक सुरक्षा जाँचचौकीमा स्थानीय समयाअनुसार सोमाबार बिहान ४ बजे तालिवानको एक समूहले सो आक्रमणगरेपछि दोहोरो गोली हानाहान भएको सयेदखिलीले समाचारदाताहरुलाई बताएका छन्
सो आक्रमणकमा एक अफगान सैनिकको मृत्यु हुनुको साथै १२ जना आतङ्ककारीसहित १५ व्यक्ति घाइते भएका जनाइएको छ ।
तीन घण्टासम्म जारी रहेको सो झडपको क्रममा एक सेनाको मृत्यु हुनुको साथै अन्य तीन सेना घाइते भएका जनाइएको छ ।
पाकिस्तानको सीमा क्षेत्रमा पर्ने कुनार प्रान्तमा तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको जनाइएको छ ।
त्यसैगरी अर्को एक समाचारमा अफगानिस्ताको हेरात प्रान्तको अन्जील जिल्लामा करिब तीन दर्जन विद्यालयका किशोरीलाई अज्ञात व्यक्तिले बिष खुवाएको जनाइएको छ ।
अफगानिस्ताको राजधानीदेखि ६४० किलोमिटर पश्चिममा रहेको इलाकामा घटना भएको प्रहरी प्रमुख शब्दुल मजिद रोजीले बताएका छन् ।
सो घटनामा विष खुवाइएका सवै किशोरीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको पनि रोजीले समाचारदातालाई बताएका छन् ।
सबैभन्दा पहिला सोमबार बिहान अन्जील जिल्लामा अवस्थि नवेन केन्या विद्यालयमासो घटना भएको जनाइएको छ ।
हेरातको क्षेत्रीय अस्पतालका प्रवक्ता साफिक सिर्जाईले यस घटनाको पुष्टि गर्नुभएको छ । गत हप्तादखि किशोरीले पढ्ने विद्यालयमा रहस्यमय ढङ्गबाट यसरी विषय हालिएको यो छठौ घटना भएको बताइएको छ ।








