हजारौँ सिरियाली शरणार्थी अष्ट्रिया प्रवेश

निकल्सडफ, विगत केही दिनेदेखि हङ्गेरीको सीमामा रहेको करिव ६,००० आप्रवासी अष्ट्रियाले उनीहरूको लागी प्रवेश खुला गरिदिएपछि पैदल हिडेरै पनि अष्ट्रिया पुगेका यहाँको प्रहरीले जनाएको छ ।

रेलमा जान सम्भावना नभएपछि बाटोमा अलपत्र परिरहेका अप्रवासी शरणार्थीहरुको पै्रदल हिडेरै अष्ट्रियातिर लागेका थिए । उनीहरूले निकल्सडफमा पहिलो विश्राम गरेका छन् ।

केही शरणार्थी भने अझै निकल्सडफका लागि हिडिरहेका बताइएको छ ।

शरणार्थीलाई आफ्नो देश प्रवेश खुल्ला गरिदिएपछि अष्ट्रियाले केही बस र रेल सेवा समेत उनीहरुका लागी थप गरिदिएको बुझिएको छ ।

सिन्ह्वा सम्वाददाताले बताएअनुसार अष्ट्रियाली सरकारले धेरै आप्रवासीका लािग सिरियादेखि भियनाका लािग रेल तथा बसको सेवा प्रदान गरको छ ।

हङ्गेरीमा केही दिनेखेखि अलपत्र अरु शरणार्थी जर्मनीतिर पनि गएको जनाइएको छ ।

यस अघि, अष्ट्रियाका चान्सलर भर्नर फेम्यानले उनको देश र जर्मनीले आप्रवासीलाई हङ्गेरी पार गरी आफ्नो देश आउनदिने सहमति गरेका थिए ।

अष्ट्रियालका गृहमन्त्री जोहना माइकल लेटनरले आफ्नो देशले आप्रवासीको प्रवेशमा कुनै किसिमको रोक नलागाउने बताएका छन् ।

शरणार्थी कुनै रोकवटविना अष्ट्रिया प्रवेश गर्नसक्नेछन् ।

सम्बन्धित शिर्षकहरु