वितण्डता मच्चाउन दिनु हुँदैन: एमाओवादी

UCPN_Maoist_Head_Office_Paris_Danda1काठमाडौँ, एमाओवादी संसदीय दलको बैठकले संविधान जारी गर्न नदिने र आन्दोलन गरेर वितण्डा मच्चाउनेलाई बेलैमा चिनेर पाखा लगाउनु पर्ने निष्कर्ष निकालेको छ । दलको कार्यालय सिंहदरवारमा बुधबार बसेको बैठकले आन्दोलनमा उठेका जायज मागको सम्बोधन गर्न र बितण्डा मच्चाउनेलाई कारवाही गर्न पनि सरकारसँग माग गरेको छ ।

त्यस्तै बैठकले जसरी भएपनि संविधान बनाउन पार्टी निरन्तर रुपमा लाग्ने निर्णय पनि गरेको छ । चार राजनीतिक दलहरूबीच भएको सहमतिकै आधारमा अघि बढ्ने बताउँदै उसले जनताले अपनत्व महसुस गर्ने गरी संविधान बनाउनु पर्नेमा जोड दिएको छ ।  संक्रमणकालमा आन्दोलनका नाममा अराजकता मच्चाएर संविधान बन्न नदिने चलखेल भइरहेकाले यसलाई निस्तेज पार्नु पर्ने निर्णय भएको सचेतक रेखा शर्माले जानकारी दिइन् ।

बैठकले मधेशी, थारू लगायतका आन्दोलनरत जनसमुदायका जायजमागहरुलाई वार्ताद्वारा छिटो भन्दा छिटो समाधान निकालेर समयमै संविधान बनाउनु आफ्नो दल सक्रिय रहने पनि बैठकको निर्णय गरेको शर्माले जानकारी गराइन । यदी समयमा नै वार्ताद्वारा समस्या समाधान गर्न सकिएन भने संविधान निमार्ण हुन नदिने तत्वहरु हावी हुने पनि वैठकको निष्कर्ष छ ।

सम्बन्धित शिर्षकहरु