नयाँ दिल्ली, उत्तरी भारतको चाम्बा जिल्लामा भएको बस दुर्घटनामा परी कम्तिमा नौ जनाको मृत्यु भएको शुक्रबार भारतीय प्रहरीले जनाएको छ ।
घटनामा आठ जना अरु घाइते भएका छन् ।
उत्तरी भारतको हिमाञ्चल प्रदेशको चाम्बा जिल्लास्थित टिसा क्षेत्रमा यहाँको राज्यद्वारा सञ्चालित बस सडकबाट चिप्लिई पहाडबाट केही तल खसेको थियो, प्रहरी अधिकारीले आफ्नो नाम गोप्य राख्न अनुरोध गर्दै बताए ।
ती महिला र एक बालकसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइतेहरुको यहाँस्थित एक सरकारी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचार छ ।








