साउन २१ । न्युजिल्याण्ड , न्युजिल्याण्डमा भएको आगलागीमा एकै परिवारका ३ जना नेपालीको मृत्यु भएको छ ।
न्युजिल्याण्डको वाइमेट स्थान स्थित एक घरमा आगलागी हुदाँ त्यहाँ बसेका तेज काफ्ले, उनकी पत्नी टीका र छोरा प्रेमको मृत्यु भएको हो ।
काफ्ले परिवारले सोही घरको तल्लो तलामा रेष्टुरेन्ट चलाउँदै आएको थिए । । आगलागीपछि काफ्लेका ३ छोरीइहरू भने घर वाहिर सफल भएका छन् ।यो समाचार्लाई न्युजिल्यान्ड का संचार माध्यमहरूले प्रकाशमा ल्याइरहेका छ्न्।








