नयाँ दिल्ली । एक भारतीय गुप्तचर संस्थाले प्रधानमन्त्री नरेन्द्र मोदी माओवादीको निशानामा रहेको दावी गरेको छ ।
विहारको राजधानी पटना र मुजफरपुरमा शनिबार हुने भ्रमणका क्रममा उनीमाथि आत्माघाती आक्रमणको सूचना पाइएको इन्टेलिजेन्स ब्युरो आइबी लाई उदृत गर्दै इण्डो–एसियन न्युज सर्भिस आइएनएस ले जनाएको छ ।
सन् १९९१ मा पूर्वप्रधानमन्त्री तथा काँग्रेस आइ अध्यक्ष राजीव गान्धीमाथि भएजस्तै आक्रमणको योजना बनिरहेको सूचना आएको आइबीको दावी छ ।
स्वर्गीय गान्धीको एक महिला आत्मघाती आक्रमणकारीले हत्या गराएकी थिइन् । उनको सुरक्षाका लागि विशेष सुरक्षा समूह परिचालन गर्न पनि आइबीले सल्लाह दिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।








