अष्ट्रेलिया, गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलिया भूकम्पका कारण क्षतिग्रस्त नेपालको संरचनाहरू पुनर्निर्माणका लागि कस्सिएको छ । एनआरएनए अष्ट्रेलियाले छैटौँ नेशनल कन्फ्रेन्सको आयोजना गरी नेपालको पुनर्निर्माण र नव निर्माणका लागि हात बढाउन लागेको हो । आगामी एक अगष्टका दिन हस्र्टभिलमा आयोजना हुने कार्यक्रममा एनआरएनए अष्ट्रेलियाको नव निर्वाचित टीमलाई समूदायकाबीच परिचत गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
त्यस्तै कार्यक्रममा अचिभमेन्ट प्रिजेन्टेसन, अवार्ड सेरेमोनी लगायत विविध सांस्कृतिक प्रस्तुती पनि रहने आयोजकले जानकारी दिएको छ ।
प्रवेश निःशुल्क गरिएको सो कार्यक्रममा उपस्थित भएर नेपालको पुनर्निमाणमा सरिक हुन एनआरएनए अष्ट्रेलियाले सवै नेपाली समूदायलाई आह्वान पनि गरेको छ







