दुई दिन भारी वर्षा हुन सक्ने, सर्तक रहन आग्रह

Heavy_rainfall_20130526093310असार २३ । काठमाडौं, त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशभर नियमित वर्षा हुने औँल्याउँदै सर्वसाधारणलाई सम्भावित प्रकोपप्रति सतर्क रहन आग्रह गरेको छ। महाशाखाले सोमबार विशेष बुलेटिन सार्वजनिक गर्दै दुई दिनसम्म देशभर वर्षा हुने, सुदूरपश्चिमका केही स्थानमा नियमित र भारी वर्षाको समेत सम्भावना औंल्याएको छ। यसले बाढीपहिरोको खतरा बढ्ने भन्दै ‘सतर्क’ रहन सर्वसाधारणलाई अपिलसमेत गरिएको छ।

यहीबीच, भारतीय मौसम पूर्वानुमान केन्द्रले पनि पा”च दिनको मौसम चेतावनी बुलेटिन प्रकाशित गर्दै नेपालस”ग सीमा जोडिएका सबै राज्यमा आगामी शुक्रबारसम्मै भारी र अत्यधिक वर्षाको अनुमान गरेको छ। र, सम्भावित प्रकोपबाट बच्न आफ्ना नागरिकलाई सचेत गराएको छ।

महाशाखाको विशेष बुलेटिनअनुसार सुदूरपश्चिमका नौ जिल्ला र तीनको आसपास, मध्यपश्चिम र मध्यनेपालमा नियमित हुने वर्षाले बाढीपहिरोको सम्भावना रहेको पनि उल्लेख गरेको छ।

‘यी क्षेत्रका केही भागमा भारी वर्षा हुनसक्छ, ती क्षेत्रमा बाढीपहिरो पनि आउन सक्छ,’ महाशाखाका मौसमविद वरुण पौडेलले नागरिकस”ग भने, ‘सर्वसाधारण सचेत रहनुपर्छ।’ भूगर्भविदका अनुसार २४ घन्टामा १ सय ४४ मिलिमिटरभन्दा बढी वर्षा भयो भने पहिरो जान थाल्छ।

उनले सोमबारदेखि मनसुन धेरै सक्रिय भएको जानकारी दिए। ‘न्यूनचापीय रेखा नेपालतिर नजिकिएकाले मनसुनको सक्रियता बढेको हो,’ पौडेलले भने, ‘भारततिर पनि भारी वर्षाको सम्भावना त्यत्तिकै छ।’

उनका अनुसार सोमबार सा”झदेखि नै देशभरको आकाश बादलले ढाकेको छ। यो क्रम बुधबारसम्म कायम रहन्छ।

‘सुदूरपश्चिमस”ग सीमा जोडिएको भारतको उत्तराखण्ड क्षेत्रमा मनसुन निकै सक्रिय भएकाले पनि त्यसको असर सुदूरमा धेरै देखिएको हो,’ पौडेलले भने। सामान्यतया नियमित मनसुनबाट असार १६ देखि साउन २२ बीच भारी वर्षा हुनेगर्छ।

‘त्यसैले मनसुन अहिले धेरै सक्रिय भएको छ। पूर्वमा पनि नियमित पानी पर्ने देखिन्छ। तर सुदूर र मध्यनेपालको तुलनामा कम,’ उनले भने।

महाशाखाका अनुसार सुदूरका सबै जिल्ला, मध्यपश्चिम, पश्चिम र मध्य नेपालमा धेरै वर्षा हुने जनाइएको हो। त्यसैले बाढिपहिरोको सम्भावना औंल्याइएको हो। पौडेलले सोमबारदेखि नै काठमाडौं उपत्यकामा पनि मनसुन धेरै सक्रिय भएको जानकारी दिए। ‘यहा” पनि नियमित वर्षा हुने देखिन्छ,’ उनले भने।

भारतीय मौसम पूर्वानुमान केन्द्रले पनि नेपालस”ग सीमा जोडिएको पूर्वको पश्चिम बंगाल, बिहार र उत्तरप्रदेशमा शुक्रबारसम्मै हरेक दिन अत्यधिक भारी वर्षाको सम्भावना औंल्याएको छ।

भारतीय केन्द्रले मंगलबार पश्चिम बंगाल, उत्तराखण्ड, उत्तरप्रदेशको पश्चिम क्षेत्र र बिहारमा अत्यधिक भारी वर्षाको सम्भावना औंल्याएको छ। यसैगरी, बुधबार पनि बिहारबाहेक अन्य राज्यमा अत्यधिक वर्षा हुने जनाएको छ। बिहीबार भने यी राज्यमा भारी वर्षा मात्र हुने जनाइएको छ भने शुक्रबार उत्तराखण्डको केही स्थानमा, उत्तरप्रदेशको पूर्वी क्षेत्र र बिहारमा अत्यधिक वर्षा हुने जनाइएको छ।

चार दिन ढिलो गरी भित्रिएको यसपटकको मनसुनले यसअघि खासै ठूलो हलचल ल्याएको थिएन। यस वर्षको मनसुन कमजोर अवस्थामा चार दिन ढिलो पूर्वबाट प्रवेश गरेको थियो। सामान्यतया मनसुन जेठको तेस्रो साता नेपाल प्रवेश गर्नुपर्ने हो। यसपटक जेठ ३० गते मात्र मौसम नेपाल प्रवेश गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु