असार १५ । काठमाडौँ, व्यवस्थापिका संसद्को बर्षे (बजेट) अधिवेशन मंगलबारबाट संविधानसभा भवन नयाँ बानेश्वरमा सुरू भएको छ । मंगलबारको बैठक सुरू हुने वित्तिकै सभाध्यक्ष सुभाष नेम्वाङले राष्ट्रपति डा रामबरण यादवले आह्वान गरेको पत्र पढेर सुनाएका थिए ।
यो अधिवेशन चौँथो अधिवेशन पनि हो । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम बारे छलफल हुनुका साथै सरकारले बिनियोजन गर्ने बजेट माथि छलफल हुने गर्दछ ।
व्यवस्थापिका संसद्को मंगलबारको बैठक बुधबार विहान ११ बजे सम्मका लागि स्थगित भएको छ ।
यसैबीच संविधानसभाको बैठक मंगलबार साँझ साँढे ६ बजेका लागि बोलाइएको छ ।








