अस्ट्रेलिया बन्दैछ संसारकै सबैभन्दा महंगो देश

Sydney_5-Star_Luxury_Hotels-Park_Hyatt_Sydney_Poolअसार ३। अष्ट्रेलिया, अस्ट्रेलिया बन्यो संसारकै सबैभन्दा महंगो देश, सार्वजनिक यातायात र होटल सबैभन्दा महंगा

अस्ट्रेलिया चौथो पटक संसारकै सबैभन्दा महंगो देशमा परेको छ जबकि विकसित देश अमेरिका भने अझै सस्तो देशको सूचीमा छ ।

ड्युश बैकको चौथो वाषिर्क म्यापिङ मुल्य रिपोर्टअनुसार अस्ट्रेलियन डलर अमेरिकी डलरको तुलनामा निकै कम मात्र तल छ । अमेरिकनहरु जे प्राप्त गर्न १ डलर खर्च गर्छन्, अस्टे्रलियनहरुले त्यसको तुलनामा १.१२ डलर बढी खर्च गर्छन ।

अस्ट्रेलियामा सार्वजनिक यातायत अधिक महंगो (सिड्नी र मेलबर्न) मात्र हैन जताततै । न्युजिल्याण्डको नाम भने संसारको दोस्रो महंगो देशमा परेको छ । न्युजिल्याण्ड डलरको मुल्य अस्ट्रेलियन डलरको नजिक छ । बेलायतले भने महंगो देशहरुको तेस्रो स्थान कब्जा गरेको छ ।

सप्ताहन्तको विदा मनाउनेहरुका लागि सिड्नी संसारकै एक सबैभन्दा महंगो ठाउँ बनेको छ ।

सिड्नीमा एक पाँच तारे होटलको कोठाको मुल्य न्यूयोर्क तुलनामा दोब्बर बढी छ । हदभन्दा बढी होटलका कोठाहरुको मुल्यका कारण अस्ट्रेलिया महंगो बनेको हो । अर्कोतर्फ मेलबर्नमा पनि न्युयोर्कको भन्दा झण्डैं ७० प्रतिशत बढी खर्च हुन्छ ।

अमेरिकामा जर्मनमा एबीए पढाइ पूरा गर्ने शुल्कले अमेरिकामा आइफोन ६ किन्न सकिन्छ । तर, जिमको सदस्य बन्न अस्टेलियामा महंगो पर्दैन बरु प्रशिक्षकको शुल्क महंगो छ हुनत यो फ्रान्स र जर्मनी जतिको महंगो छैन ।

सम्बन्धित शिर्षकहरु