गणतन्त्र दिवसमा प्रधानमन्त्री र मन्त्रीहरु भूकम्प प्रभावित क्षेत्र सफा गर्न खटिने

जेठ, १५। काठमाडौँ, गणतन्त्र दिवसको दिन प्रधानमन्त्री र मन्त्रीहरु भूकम्प प्रभावित क्षेत्रको सरसफाइमा खटिने भएका छन् ।

शुक्रबार विहान ७ बजेदेखि प्रधानमन्त्री सुशील कोइरालासहित सबै मन्त्रीहरुले तोकिएका क्षेत्रमा गएर भग्नावशेष पन्छाउने, सरसफाइ गर्ने लगायतका काम गर्नेछन् ।

उर्जामन्त्री राधा ज्ञवाली, भुमिसुधार मन्त्री दलबहादुर राना र शिक्षामन्त्री चित्रलेखा यादव पाटनमा खटिने छन् । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बुङमतीमा खटिनेछन् । केही मन्त्रीहरु खटिने स्थान खुलाइए पनि सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री सुशील कोइराला खटिने स्थान भने तत्काल सार्बजनिक गरिएको छैन ।

सम्बन्धित शिर्षकहरु