कालीगण्डकीमा जोखिम हट्यो

जेठ १२ ।म्याग्दी, बैसरीको पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी नदीमा पहिरो जारी रहेपनि अब जोखिम भने हट्दै गएको छ । पहिरो खस्ने क्रम जारी रहेको भए पनि अब कुनै जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेनाका कर्णेल राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले पहिरोको अवलोकन गरेर केही दिनसम्म पहिरो खस्ने क्रम नरोकिए पनि यसले खासै असर नगर्ने बताउनुभयो ।

नदी थुनिएर बनेको तालमा पानीका सतह कम हुँदै गएको छ । अब नदी थुनिन सक्ने सम्भावना पनि नरहेको जनाइएको छ । पहिरो र डुबानमा परेका बैसरीका २६ घरको भग्नावशेषसमेत फेला पर्न नसकेको घटनास्थलमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन ।

सम्बन्धित शिर्षकहरु