नेपालमा थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टी, ६९५१ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४७२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको परीक्षणमा १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ९१ हजार ४९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६९५१ जना कोरोना मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० जना पुगेको छ । भने देशभर संक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ जना रहेका छन् ।

सम्बन्धित शिर्षकहरु