
काठमाडौं । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दाबी गरेका छन् ।
आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेका हुन् । ‘ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ ।’ समिति बैठकमा उनले भने ।
निर्माणको काम सकिएपछि पानी जम्मा हुन ३ दिन लाग्ने भन्दै उनले त्यसपछि काठमाडौंमा पानी ल्याउन सकिने बताए ।








