
काठमाडौँ । विश्वकपमा अर्जेन्टिनाको खेल सम्झन लायक्कको रहेन । अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पावली सबैभन्दा बढी आलोचित बन्न पुगे । तर, विश्वकपमा फेल भएका उनलाई कोन्काकाफका केही राष्ट्रहरुले आफ्नो राष्ट्रिय टिम सम्हाल्नको लागि प्रस्ताव गरेका छन् ।
उनलाई हालसम्म अर्जेन्टिनाको प्रशिक्षकको जिम्मा दिइएको छ । उनबारे निर्णय अझै हुन सकेको छैन । तर, उनलाई अन्य देशहरुले भने अफरहरु दिदै प्रस्ताव राखेका छन् । साम्पावलीलाई अमेरिका, कोष्टारिका तथा मेक्सीकोले प्रशिक्षकको भूमिका दिने भन्दै बोलाइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
साम्पवली भने अर्जेन्टिनाको एफएको निर्णय कुरेर बसिरहेको छन् । उनले अण्डर २० को जिम्मा पनि लिइरहेका छन् । उनीबारे अर्जेन्टिना फुटबल एसोसियसनले कस्तो निर्णय गर्ने सबैको चासोको विषय बनेको छ ।






