
काठमाडौँ । कोकाकोला नेपालले आफ्ना ४० भाग्यसाली विजेता ग्रहाकलाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा आज आयोजित पत्रकार
सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने बताइएको हो ।
कोकाकोलाले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएका कारण उक्त अफरअन्तर्गत १२ हजार ६०० विजेताले फिफाको लोगो अंकित विशेष उपहारसमेत जित्न सक्नेछन् ।
कोक खाम रसिया जाम भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ । यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएसमार्फत पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सकिनेछ । यस अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ भने १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र यसमा सरिक हुन पाउनेछन् ।






