‘पक्राउ गरेर जेल लगे तीन करोड नेपालीका लागि हिरासतमै अनसन बस्छु’- डा केसी

काठमाडौं । डा गोविन्द केसीले आफूलाई पक्राउ गरे तीन करोड नेपालीको लागि जेलभित्रै अनसन बस्ने बताएका छन्।
सर्वोच्च अदालतको आदेशपछि प्रतिक्रिया दिँदै आफुको लडाइँ न्यायपालिका विरुद्ध नभई भ्रष्ट व्यक्ति विरुद्ध भएको बताउँदै यस्तो बताएका हुन् ।

अनशनरत डाक्टर गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ ।
केसीले अदालतको अवहेलना गरेको भन्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।

सम्बन्धित शिर्षकहरु