
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको खेलमा ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै भैरहवा ग्यालियटर्स फाइनलमा प्रवेश गर्न सफल भएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा भैरहवाले ललितपुरलाई ३ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा १३२ बनाएको थियो । ललितपुरले दिएको १३३ रन पछ्याएको भैरहवाले ३ बल बाँकी छँदा पुरा गर्यो । शनिबार भैरहवा ग्याडियटर्सले विराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ ।






