भदौ १७,काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको मतपत्रको नमुना तयार पारेको छ । आयोगले दुई प्रकारका मतपत्रको नमुना तयार पारेको हो ।
दुईथरी मतपत्रमध्ये एउटा प्रदेश
सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको लागि हो । यस्तो मतपत्रमा प्रदेश सभा र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै कोठा छन् । 
अर्को मतपत्र समानुपातिकको लागि हो । यो मतपत्रमा प्रदेश सभा र प्रतिनिधिसभाको लागि एकैपटक मतदान गर्न सकिनेछ ।








